नियम २९
अनियमित तरिकाबाट सङ्कलन गरेको वन पैदावार लिलाम बिक्री गर्ने
२९. अनियमित तरिकाबाट सङ्कलन गरेको वन पैदावार लिलाम बिक्री गर्ने ः
कसैले निकुञ्जभित्र गैरकानूनी तरिकाले सङ्कलन गरेको वन पैदावारलाई संरक्षकले तोकेको निकुञ्जको कुनै कर्मचारीले बिगो कायम गरी संरक्षक समक्ष पेश गर्नु पर्नेछ । त्यसरी विगो कायम गरिएको वन पैदावारको प्रचलित कानून बमोजिम लिलाम बिक्री गरिनेछ ।